एजेन्सी । हिजबुल्लाहविरुद्ध हवाई हमला गर्दै आएको इजरायलले स्थलगत आक्रमणको तयारी तीब्र पारेको छ ।
इजरायलले लेबनानको सीमा नाकाहरुमा बख्तरबन्द गाडी र सैन्य टयांकहरु तैनाथ गरेको छ । इजरायलले हिजबुल्लाहलाई स्थलगत आक्रमण गर्ने चेतावनी यसअघी जारी गदै आक्रमणको तयारी गरेको हो ।
हिजबल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले हिजबुल्लाहका केन्द्रमा जमिनी आक्रमण गर्ने योजना तय गरिसकेको छ । जसका कारण हजारौं लेबनानी नागरिकहरुको जिन्दगी धरापमा परेको छ ।
यसैबीच लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा ३३ जनाको मृत्यु भएको र १९५ जना घाइते भएको जनाएको छ । नसरल्लाहलाई मार्न इजरायलले सेप्टेम्बर २७ मा ८ वटा लडाकु विमान पठाएको दाबी गरेको छ । हिजबुल्लाहले भने इजरायली आक्रमणको डटेर सामना गर्ने दाबी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्