१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


बिपी राजमार्ग सञ्चालन गरिँदै


0
Shares

सिन्धुली । बाढी पहिरोका कारण सिन्धुली जिल्लाको सुनकोशी नदीमा आएको बाढीले क्षति भएको बिपी राजमार्ग सञ्चालन गर्ने कार्य शुरु गरिएको छ ।

सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको नेपालथोक, मुलकोट, खुर्कोट लगायतका स्थानहरुमा सुरक्षा निकाय र स्थानीयको सहयोगमा उद्धारको काम शुरु गरिएको छ भने सदरमुकाम सिन्धुलीमाडीबाट राजधानी काठमाण्डौंतर्फ आउने बिपी राजमार्ग सञ्चालन गरिएको छ ।

सुनकोशी नदीको बाढीले रामेछाप र सिन्धुली जिल्ला जोडने दुई वटा सडक पुल र तीन वटा झोलुंगे पुल बगाएको छ भने बिपी राजमार्गका विभिन्न स्थानहरुमा सडक भत्किएका छन् ।

सिन्धुलीको रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक क्षेत्रमा स्थानीय कृषकको हजारौं रोपनी खेती योग्य जग्गा कटान गरी बगरमा परिणत गरेको छ ।