२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट होस् : गृहमन्त्री लेखक


247
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।

बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने रु जाने हो भने कतिसम्म जाने रु भन्नेकुरामा समिति स्पष्ट हुन जरुरी रहेको बताउनुभएको हो ।

गृहमन्त्री लेखकले अख्तियार निजी क्षेत्रमा जानु हुँदैन भन्नेमा आम सहमति देखिएको बताउनुभयो । सरकारी पैसा निजीमा गएको छ भने हेर्नुपर्ने भन्नेमा पनि सांसदहरु सहमत देखिएको उहाँको भनाइ छ ।

गृहमन्त्री लेखकले सरकारी पैसा निजीमा गएको भए कस्तो गएको रु ऋण गएको की, अनुदान गएको हो की रु जाने प्रक्रियालाई समात्ने हो की रु सरकारी पैसा गएको बारेमा अनुसन्धान गर्ने भन्नेकुरामा समिति स्पष्ट हुनुपर्ने बताउनुभयो ।

कुनै निजी कम्पनीमा सरकारी पैसा गयो भने सरकारी पैसा गएको हेर्न पाउने की रु समग्र कम्पनीको पैसा हेर्न पाउने भन्नेमा पनि सांसदहरुले विस्तृत छलफल गरी निचोडमा पुग्नुपर्ने बताउनुभयो ।

समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले निजी क्षेत्र अख्तियारमा प्रवेश गर्न दिने वा नदिने भन्नेबारे संसदीय उपसमितिले निर्णय गरी समितिमा पेश गर्न आग्रह गर्नुभयो । उपसमितिमा हृदराम थानी, बुद्धिमान तामाङ, रघुजी पन्त, हितराज पाण्डे, अशोक राई, राजेन्द्र पाण्डे, चन्दा कार्की र सर्वेन्द्रनाथ शुक्ला रहनुभएको छ ।