काठमाडौं । गणेश चतुर्थी पर्व गणेश मन्दिरमा दर्शनार्थीहरुलाई गणेशको दर्शन गर्न भ्याईनभ्याई छ । भाद्र शुक्ल चतुर्थी अर्थात् मंगलमुर्तिको जन्मदिन र कसै कसैले आजको दिनलाई विनायक चतुर्थी पनि भन्दछन् । गणेशको जन्मदिन भएकाले गणेशमन्दिरमा पूजाआजा गरी लड्डु चढाउनेको घुइँचो लागेको छ ।
आज गणेश चतुर्थी अर्थात् हात्तीको टाउकोको स्वरुप भएका भगवान् श्री गणेशको जन्मदिन । गणेश चतुर्थीको दिन देशभरका गणेश मन्दिरमा भक्तजनहरुको घुइंचो लागेको छ । देशको विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरि बाजा गाजा सहित पुजाआजा गर्ने पनि गरिन्छ । आजकै दिन बालबालिकालाई गणेशको प्रर्तिमूर्ति मान्दै बाजागाजासहित पूजाआज गर्ने पनि गरीन्छ ।
यस अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश मन्दिरमा विशेष पूजागरी गणेशको प्राकट्य उत्सव मनाउने गरिन्छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । गणेश चौथी अर्थात बिनायक चौथीलाई भगवान श्री गणेशको जमदिन भएकोले पनि यो दिन मह्त्वपुर्ण भएको भक्तजनहरु बताउछन् ।
यस्तो महत्वपुर्ण मठमन्दिर वरपर सरसफाइ हुनु को साथै दर्शनको लागि आउने भक्तजनहरुलाई सहज व्यवस्था हुन आवश्यक भएको भक्तजनहरु बताउछन् । हिन्दुधर्मावलम्वीहरु हरेक शुभ कार्य, कर्मकाण्डी प्रक्रिया, पूजाआजा या नवीन चिन्तन सुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरू बिच एउटा चर्चित भनाई नै छ, “शुभ कार्यको श्री गणेश गर्ने“ । यस दिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समय बजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ ।
१ सय ८ वटा विभिन्न नाम भएका भगवान् गणेशलाई कला र साहित्यको भगवान् पनि मानिन्छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी उक्त मैलबाट बनाइएको आकृतिबाट गणेश उत्पन्न भएका हुन । भगवान श्री गणेशको जन्म पौराणिक कथन अनुसार पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रूपमा गणेशलाई राख्नुभएको थियो । यी सब कुराबाट भगवान् शिवलाई जानकारी थिएन र सोही समय पार्वतीलाई भेट्न भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन भन्ने चाल नपाएरै गणेशको शिर छेदन गरिदिए ।
स्नान पश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसँग अनेक बिलौना गरेपछि देवाधिदेव महादेव उत्तरतर्फ गई हात्तीको शिर ल्याएर गणेश शरीरमा प्रतिस्थापित गरेको कुरा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्