Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


एमबिबिएस प्रवेश परीक्षाको नतिजा पारदर्शी बनाउन सांसद पौडेलको आग्रह


247
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले एमबिबिएस प्रवेश परीक्षाको नतिजामा त्रुटी गरेर विद्यार्थीको भविष्यलाई धरापमा पार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम टाइब्रेकको आधारमा कायम गर्नुपर्ने भएपनि रोल नम्बरका आधारमा गरिएको बताउनुभयो । उहाँले चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिले गम्भिर प्रकृतिको गल्ती गरेका बताउनुभयो ।

सांसद पौडेलले मानविय गल्ती गरेर विद्यार्थीहरुको भविष्यलाई धरापमा पार्न पाइन्छ रु भनि प्रश्न समेत गर्नुभयो । उहाँले आयोगले ३ हजार विद्यार्थीको नतिजा भद्रगोल गरेको बताउनुभयो । उहाँले नतिजा पारदर्शी बनाउन आग्रह गर्नुभयो ।

सांसद पौडेलले एमबिबिएस मेरिटका आधारमा पढ्न पाउने विद्यार्थीहरुको कोटालाई व्यवस्थित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

Skip This