एजेन्सी । जर्मनीमा चक्कु प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जर्मनीको पश्चिमी शहर सोलिङेनमा भएको चक्कु प्रहारको घटनामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए ।
चक्कु प्रहार गरेलगत्तै फरार रहेका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रगतले लतपतिएको अवस्थामा प्रहरी समक्ष आत्मसमर्पण गर्न गएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जर्मनीमा भएको यस घटनमा संलग्नको आशंकामा यसअघि पनि २ जना पक्राउ परिसकेका थिए ।
शनिबार भएको आक्रमणको जिम्मेवारी आतंकवादी समुह इस्लामिक स्टेटले लिएको थियो । जर्मनीको सोलिङेन शहर औद्योगिक शहरको रुपमा स्थापना भएको ६ सय ५० वर्ष पूरा भएको उत्सव मनाउने क्रममा आक्रमणकारीले चक्कु प्रहार गरेका हुन् ।
जर्मनीमा भएको यस घटनाको चौतर्फी विरोध भएको छ । जर्मन नागरिकले जर्मनी आतंकवादीको निशानामा पर्न थालेको भन्दै सुरक्षाको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्