२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


पाटनमा फोटो प्रदर्शनी (तस्बिरहरु)


130
Shares

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले नेपालमा अवस्थित हिमालका तस्बिरहरु प्रदर्शन गरेको छ ।

सोमबार ललितपुरको पाटन दरबार स्क्वायरमा समूहको २७ वर्ष पुगेको अवसरमा सोमबारदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो ।

फोटो पत्रकार समूहले हरेक वर्ष विश्व फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी लगायत विविध कार्यक्रमहरु गर्दै आएको जनाएको छ । फोटो प्रदर्शनी भने तीन वर्षअघिबाट मात्रै सुरु गरेको र त्यसकै निरन्तरता स्वरुप प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताउनुभयो । उहाँले जलवायु परिवर्तनले विश्वमा पारेको प्रभावसँगै हिमालहरुमा परेको अवसरको जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको बताउनुभयो ।

अध्यक्ष वन्तले फोटो प्रदर्शनीमा ४० फोटो पत्रकाहरुले खिच्नुभएका ५५ वटा हिमालका फोटाहरु राखिएको बताउनुभयो । उहाँले विगतको तुलनामा अहिले फोटा खिच्नको लागि पत्रकारहरुलाई सहज अवस्था नभएको बताउनुभयो ।

अध्यक्ष वन्तले पछिल्लो समय फोटो पत्रकारहरुको पेशालाई पनि आर्टिफिसियल इन्टिेलिजेन्स (एआई)ले चुनौति दिइरहेको बताउनुभयो । उहाँले एआई,मोबाइल फोटो ग्राफिक्सको कारणले व्यवसायिक फोटो पत्रकारितालाई असर पारेको देखिएको बताउनु भयो ।

अध्यक्ष पन्तले फोटो पत्रकारिता व्यवसायको क्षमता विकास गरी नेपालका ऐतिहासिक फोटोहरुको माध्यमबाट विश्वलाई चिनाउँदै फोटोमार्फत पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । ऐतिहासिक तस्बिरहरुले राष्ट्रको पहिचान बढाउने बताउनुभयो ।