१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


लेबनानमा इजरायलको हवाई आक्रमण


1.664k
Shares

एजेन्सी । इजरायलले लेबनानमा गरेको हवाई हमलामा १० जनाको मृत्यु भएको छ । लेवनानको दक्षिणी क्षेत्र नाबातिहमा गरेको हमलामा पाँच जना घाइते भएका छन् जसमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

मारिेनेमा सबै सिरियाली नागरिक रहेको र जसमा एक महिला र उनका दुई बालबालिका पनि रहेका छन् । इजरायली सेनाले उक्त क्षेत्रमा रहेको हिजबुल्लाह हतियार भण्डारण केन्द्रलाई लक्षित गर्दै हिजो रातभर आक्रमण गरेको हो ।

इजरायलले गत अक्टोबर ७ मा हमासको आक्रमण गरेसँगै गाजामा युद्ध शुरु गरेपछि दक्षिणी लेबनानमा गरेको यो नै ठुलो आक्रमण हो । इजरायलले निशाना बनाएको क्षेत्रमा हिजबुल्लाह लडाकुहरुका साथै सिरियाली आप्रवासीहरूको संख्या अत्यधिक रहेको बुझिएको छ ।

लेबनानमा इरान समर्थित हिजबुल्लाह लडाकुहरूले आक्रमणको जवाफमा उत्तरी इजरायलको आयलेट शहरमा प्रतिआक्रमण गरेको छ । जसका कारण सो शहरका केही भवनहरु ध्वस्त भएका छन् ।