अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो ६ वर्षमा ३ सय ३१ जनाले आत्महत्या गरेका छन । आर्थिक वर्ष २०७५-७६ देखि २०८०-८१ सम्म ६ वर्षको अवधिमा १५७ जना पुरुष, १३१ महिला र ४१ जना बालबालिका गरी ३३१ जनाले आत्महत्या गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोरले बताउनुभयो ।
गत आर्थिक वर्ष २०८०-०८१ मा १८ जना महिला, २८ जना पुरुष, ८ जना बालबालिका गरी ५४ जनाले आत्महत्या गरेको उहाँले बताउनुभयो ।
डिप्रेसन, लागूपदार्थ तथा मादक पदार्थको प्रयोग सम्बन्धी समस्याहरु, परीक्षामा असफलता, सामाजिक सञ्जालको गलत प्रयोग, अन्तरवैयक्तिक र पारिवारिक द्वन्द्व, प्रेम सम्बन्ध, अनैतिक सम्बन्ध, लिभिङ टुगेदर, वैवाहिक सम्बन्धमा देखिएका आपसी भावनात्मक असन्तुलन लगायतका कारणले आत्महत्या गर्ने विभिन्न अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विपन कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्