काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारीहरु निलम्बित हुनुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि कर्मचारी निलम्वित हुने विद्यमान व्यवस्था कायम हुनुपर्ने बताउनुभएको हो ।
प्रमुख आयुक्त राईले अख्तियारले मुद्दा दायर गरेपछि विशेष अदालतबाट सफाइ नपाएसम्म कर्मचारी निलम्वन हुनुपर्ने बताउनुभयो । उहाँले कर्मचारी निलम्वन भएन भने प्रमाण नष्ट गर्ने तथा काममा अवज्ञा गर्नसक्ने बताउनुभयो । उहाँले निलम्वन नगरेमा सुशासन कायम हुनेमा प्रश्न उठ्ने बताउनुभयो ।
प्रमुख आयुक्त राईले नीतिगत निर्णयको सम्बन्धमा निक्र्यौल गर्न अख्तियारले बारम्बार प्रतिवेदनमा उल्लेख गरेर सुझाव दिइरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्