 
	    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी)मा सहमती जुट्नुले दिगो शान्तिको लागि बाटो दिएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा दलहरुका बीचमा सहमती जुटेसँगै देशलाई दिगो शान्तिको बाटो दिएको बताउनुभएको हो । उहाँले दलहरुका बीचमा भएको सहमती अनुरुप आएको विधेयक पीडितमैत्री भएको बताउनुभयो ।
मन्त्री चौरसियाले विधेयकले पीडितलाई न्याय दिने बताउनुभयो । उहाँले विधेयकले सर्वोच्च अदालतले उठाएको विषयलाई समेटिएको बताउनुभयो । त्यस्तै मानव अधिकारको उल्लंघन र मानव अधिकारको गम्भीर उल्लंघन, पीडितलाई परिपूरण दिने लगायतका सबै विषय पीडितमैत्री भएर आएको बताउनुभयो ।
मन्त्री चौरसियाले देशमा पुनः द्वन्द्व हुन नदिनका लागि प्रयास भइरहेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्