१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


भारतले बंगलादेशबाट ४ सय भारतीयलाई फर्कायो


1.95k
Shares

एजेन्सी । बंगलादेश दिनानुदिन अशान्त बनेपछि भारतले बंगलादेशमा रहेका आफना देशका उच्च पदस्थ कर्मचारी र तीनका परिवारलगायत ४ सय भारतीय नागरिकहरुलाई भारत लगेको छ ।

भारत सरकारले आज बिहानै इन्डिगो र एयर इन्डिायाको बिमान मार्फत ४ सय भारतीय नागरिकलाई स्वदेश ल्याएको हो ।

बंगलादेशमा रहेका भारतीय नागरिकहरुले आफुहरु असुरक्षित भएको भन्दै सरकार गुहारेपछी भारत फर्काइएको हो । यसैबीच, पाकिस्तानले बंगलादेशमा जारी पछिल्लो राजनैतिक अस्थीरताकाबीच पाकिस्तान सरकार संधै बंगलादेशी नागरिकहरुको साथमा रहेको आश्वासन दिएको छ ।

पाकिस्तान बिदेश मन्त्रालयले आज एक बिज्ञप्ति जारी गर्दै आफुहरु बंगलादेशका नागरिकहरुको साथमा रहेको जनाएको हो ।

यता मानव अधिकार संगठनहरुले अल्पसंख्यक समुदाय र सरकारी सम्पत्तिलाई निशाना नबनाउन आम नागरिकलाई अपिल गरेका छन् ।