Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


अब सरकारले कत्ति पनि विलम्ब नगरी राष्ट्रलाई नयाँ स्वरुप दिन्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब छिट्टै नै विकास र समृद्धिको उचाइमा पुग्ने उद्घोष गरेका छन् ।

शनिबार ललितपुरमा ज्यापु समाज यलको रजतवर्ष समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब सरकारले कत्ति पनि विलम्ब नगरी राष्ट्रलाई नयाँ स्वरुप दिने बताए ।

उनले अब केही महिनाभित्रै मेलम्चीको पानी राजधानी आउन लागेको भन्दै यसका कारण सडकको अवस्था फेरि बिग्रनसक्ने बताए ।

प्रधानमन्त्री ओलीले नयाँ प्रविधिको प्रयोगले कृषि र व्यवसायलाई आधुनिकीकरण गर्दै जाने लक्ष्य सरकारको रहेको स्पस्ट पारे ।

शिक्षा नै विकासको मूल आधार रहेकाले आगामी वर्षभित्रै विद्यालयबाहिर रहेका सबै बालबालिकालाई पढ्न पाउने व्यवस्था सरकारले मिलाउने प्रतिबद्धता उनले जनाए ।

कार्यक्रममा ज्यापु समाज यलको रजतजयन्तीको अवसरमा प्रकाशन गरिएको स्मारिका ‘लुमन्ती’ विमोचन गरिएको थियो ।