काठमाडौं । गृहमन्त्री रमेश लेखकले मूल्य वृद्धिलगायतका आम उपभोक्ताको हितको कामलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने बताउनुभएको छ ।
बुधबार अपरान्ह सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागका पदाधिकारी तथा प्रतिनिधिहरुसँगको भेटमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
गृहमन्त्री लेखकले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा वितरणको सम्बन्धमा देखिएको समस्या जायज भएकाले यसको समाधानका लागि सरकार क्रियाशील भएर लागिपर्ने बताउनुभयो । उहाँले आम नागरिकाक समस्या समाधान गर्ने दायित्व सरकारको भएकाले त्यसलाई गम्भिरतापूर्वक लिएर कार्यान्वयनमा लैजाने आश्वासन दिनुभयो ।
त्यस अवसरमा विभागले गृहमन्त्री लेखकलाई आम उपभोक्ता मूल्य वृद्धिको मारमा परेको, भारतबाट हुने गरेका चोरी निकासीका कारण स्वदेशी उत्पादनले बजार नपाएको र राजस्व समेत गुमाउनुरेकोलगायतका मागसहितको ज्ञापन पत्र बुझाएको थियो ।
गृहमन्त्री लेखकले आम उपभोक्ताको हितका लागि बुझाएको सो ज्ञापन पत्रमा उल्लेख गरिएको बूदाहरु आफूले सक्रियतापूर्वक कार्यान्वयनमा लैजाने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्