१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


भिजिट भिसा बन्यो मानव तस्करीको सजिलो माध्यम


507
Shares

काठमाडौं । अघिल्लो वर्षभन्दा यो वर्ष मानव बेचबिखन तथा ओसारपसारमा वृद्धि भएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षभन्दा यो वर्षको फागुनसम्म मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको हो ।

सन् २०१३ मा, संयुक्त राष्ट्र संघको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठक गरेपछि जुलाई ३० लाई मानव बेचबिखनविरुद्धको विश्व दिवसको रूपमा मनाउन थालेको हो । नेपालले पनि हरेक वर्ष श्रावण १५ गतेका दिन चेतना मुलक गरि दिवस मानव बेचबिखनविरुद्धको दिवस मनाउन थालेको हो । तर नेपालमा जति दिवस मनाउने गरे पनि मानव बेचबिखन अपराधमा कमि आउनु को साटो बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ ।

तथ्याङ्कले गत आर्थिक वर्ष २०७९÷०८० मा मात्र नेपालभर १सय ५७ वटा मुद्दा दर्ता भएका थिए । २०८०÷०८१ मा भने केही सख्या बढेर १ सय ६६ पुगेको हो । त्यस्तै पीडित संख्या हेर्ने हो भने महिला १ सय ९६ र पुरुष १७ गरि २ सय १३ रहेका छन् । अभियुक्त भने पुरुष २ सय ३१ र महिला ८८ जना गरी ३ सय १९ जना छन् ।

अपराधमा संलग्न १ सय ३७ जना पुरुष र ५८ जना महिला गरि १ सय ९५ जना पक्राउ परेका छन । आर्थिक वर्ष २०७९÷८० भन्दा गएको आर्थिक बर्ष २०८०÷८१ मा मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की बताउनुभयो ।

प्रवक्ता कार्कीका अनुसार यसरी बेचबिखनमा परेका युवा युवतीलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर विदेश पुरÞ्याएर बेचबिखन गरेर अलपत्र पार्ने गरेका छन् । यस्तो आपराधिक कृयाकलापबाट पीडित हुनेहरुमा अधिकांश १९ वर्षका किशोर किशोरीदेखि ३६ वर्ष उमेरका महिला रहेका छन् ।

वर्किङ्ग भिसामा खाडी मुलुक जान सरकारले रोक लगाएको भए पनि यस्ता गिरोहले अधिकांश युवा युवतीलाई भिजिट भिसामा खाडी मुलुक पुरÞ्याउने गरेको र यसरी गएर काम गर्दै आएका धेरै महिलालाई उद्दार गरी नेपाल फर्काएको ब्यूरोको दावी छ ।

वर्ष भरि गरेको कामको समिक्षा गर्न सकिने भएको हुँदा मानव बेचबिखन विरुद्धको दिवसलाई समिक्षाको दिवस मान्नु पर्ने प्रहरी प्रवक्ता कार्की बताउनुहुन्छ ।

ब्युरो टोलीले मात्र २०७६ सालदेखि हालसम्ममा ५ सय २९ महिला, ३ सय २ जना पुरुष, ६४ जना बालिका र २२ जना बालक गरी ९ सय १७ जनालाई उद्दार गरिसकेको जनाइएको छ । यस्तो जघन्य अपराध रोकथामको लागि मानव बेचविखन तथा ओसापसार नियन्त्रण ब्युरोले समय समयमा स्थानिय जनसमुदायसँग मिलेर जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।