गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परि मृत्यु भएका १८ जनाको शव पोष्टमार्टम जारी छ । सबै पोष्टमार्टम गरिसकेपछि आफन्तलाई शव जिम्मा दिने चिकित्सको तयारी छ ।
बु्धबार सौर्य एअरलाइन्सको विमान दुर्घटनामा परेपछि शव बारे बुझ्न आएका आफन्तहरुको आक्रोस हो यो । सो विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शव शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पोष्टमार्टम भइरहंदा आफन्तहरु भने विमान दुर्घटनामा मृत्यु भएकाहरुको शवका लागि फोरेन्सिक विभाग धाउँदा आधिकारिक जवाफ नआएको भन्दै आक्रोशित हुनु स्वाभाविक पनि हो ।
तर यथार्थ फरक छ । कुनै पनि घटनामा सामुहिक रुपमा मृत्यु भएकाहरुको शव पोष्टमार्टम गर्दा शव पहिचानमा गल्ती नहोस् भन्नका लागि मृत्यु भएकाको शव आफन्तलाई पहिचान गराई एकैचोटी हस्तान्तरण गर्ने गरिन्छ । पोष्मार्टम भन्दा अघिको प्रक्रियामा कुनै पनि शवको पहिचानका लागि मृतकको पहिचान हुन सक्ने संकेतका लागि आफन्तसँग समन्वय गरेपछिमात्रै पहिचान गर्ने गरेको त्रिवि फोरेन्सिक विभाग प्रमुख गोपाल कुमार चौधरीले बताउनुहुन्छ ।
विमान दुर्घटनामा मृत्यु भएकाहरुको हकमा सबैको शव डढेको अवस्थामा रहेका कारण पहिचान गर्न कठिन हुने गरेको यद्दपी शरीरमा भएका कुनै दाग वा विशेष गरी दाँतबाट पहिचान गर्ने सकिने त्रिवि फोरेन्सिक विभाग प्रमुख चौधरीले बताउनुहुन्छ ।
सौर्य एअरलाईन्सको विमान दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम छिटो र छरितो ढंगले गर्नका लागि हाल फोरेन्सिक विभागमा रहेका चिकित्सकहरु लगाएत जिल्ला र जिल्ला बाहिरबाट पनि चिकित्सकहरुको टोली पनि आइपुगेका छन् ।
देशमा हुने गरेका दुर्घटना त्यसमा पनि विशेष गरी विमान दुर्घटनाका घटनामा भने पोष्टमार्टम सकेपछि सामु्हिक रुपमा आफन्तसँग समन्वय गरी बुझाउने गरिंदा केही समय लाग्ने स्वाभाविक हो । यद्दपी विमान दुर्घटनामा मृत्यु भएकाको आफन्तको हकमा भने जिउँदै नभएपनि शव हेर्नलाई आत्तेको अवस्थामा हुने गरेकाले फोरेन्सिक विभाग धाइरहँदा विमान दुर्घटनामा मृत्यु भएकाको शव भने शुक्रबार मात्रै दिने तयारी फोरेनिन्सिक विभागको छ ।
प्रतिक्रिया दिनुहोस्