 
	    एजेन्सी । बंगलादेशमा विद्यार्थी संगठनहरुले सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटमपछि माग पुरा नभएको भन्दै पुनः आन्दोलन शुरु गरेका छन् ।
प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ५० बढी घाइते भएका छन् ।
सरकारी जागिरमा आरक्षणको विरोधमा भईरहेको आन्दोलनका क्रममा अहिलेसम्म डेढसय बढीको मृत्यु भईसकेको छ ।
गत साता सर्वोच्च अदालतले आरक्षणलाई अवैध ठहर गर्ने फैसला गरेको थियो । त्यसपछि विद्यार्थी संगठनहरुले सरकारलाई अन्य मागहरु पुरा गर्न अल्टिमेटम दिएका थिए । आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने अधिकारीको बर्खास्ती र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी संगठनले सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएका थिए । तर उक्त माग पुरा नभएको भन्दै पुनः आन्दोनल शुरु गरिएको हो ।
आन्दोलनका क्रममा एक हजार बढी घाइते भएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्