१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


दुई ठूला राजनीतिक दल मिलेकाले शेयर बजारमा उत्साह देखियो : पूर्वअर्थमन्त्री महत


78
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले नेकपा एमाले–नेपाली काँगेस दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताउनुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले मुख्य दुई राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री महतले अब शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने बताउनुभयो । उहाँले मागभन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले मौद्रिक नीतिले अर्थतन्त्रमा सहजता सिर्जना गर्ने गरी ल्याउनुपर्ने बताउनुभयो । उहाँले मौद्रिक नीतिमा रिफर्म गर्नसक्ने ठाउँहरुमा रिर्फम गरेर ल्याउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वअर्थमन्त्री महतले शेयर बजार, जग्गा कारोबारलगायत क्षेत्रमा कर्जा प्रवाहका लागि सीमाहरु कायम राखेर गरेको माइक्रोम्यानेजमेण्टलाई विचार गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले बैंकको ब्याजदरमा सहजता आएको बताउनु हुँदै शेयर बजार र घरजग्गा कारोबारमा रहेका सीमाहरुलाई खुकुलो गर्नुपर्ने बताउनुभयो । उहाँले कर्जामा अनउत्पादक क्षेत्र भनेर लगाएको सीमामा पनि पुनःविचार गर्न आवश्यक रहेको बताउनुभयो ।