काठमाडौं । राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य गौतमले संविधान र मर्मसँग बाँझिएका ऐन कानूनमा पुनःविचार गरी बन्न बाँकी ऐन कानून समयमा नै निर्माण गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापना भई नयाँ सविधान लागू भएको अवस्थामा पनि पञ्चायत व्यवस्थामा बनेका ऐन कार्यान्वयन भइरहेको बताउनुभयो ।
सदस्य गौतमले अब सरकारले पुराना ऐनलाई संशोधन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले लामो र प्रक्रियागत झन्झटलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
सदस्य गौतमले भन्नुभयो, ‘संविधान र मर्मसँग बाँझिएका ऐन कानूनमा पुनःविचार गरी बन्न बाँकी ऐन कानून समयमा नै निर्माण गर्न सक्नुपर्नेछ । तर लोकतान्त्रिक गणतन्त्र स्थापना भई नयाँ सविधान लागू भएको अवस्थामा पनि पञ्चायत व्यवस्थामा बनेका ऐन कार्यान्वयन भइरहेको अवस्था छ । पुराना ऐनलाई संशोधन गर्नु जरुरी छ । त्यस तर्फ सम्बन्धित निकायहरुको ध्यान जान जरुरी छ । लामा र प्रक्रियागत झन्टझटलाई सुधार गरी सरकार समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्न लाग्नुपर्छ ।’
सदस्य गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले धेरै विकासको आशा गरेको बताउनुभयो ।
समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी सरकारले काम गर्नुपर्छ , सांसद गौतम

प्रतिक्रिया दिनुहोस्