२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


‘क्यस एप’मार्फत अवैध कारोबार गर्ने पाँच पक्राउ


2.015k
Shares

काठमाडौं । क्यास एप नामक अनलाइन एप्लिकेसनमार्फत सट्टेबाजीमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एप प्रयोग गरी अवैध रूपमा आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली, आशुतोष कोइराला र मिलन मिश्र रहेका छन् । उनीहरुलाई विराटनगर घर भई अमेरिका बस्ने मनिष कुमार बुढाथोकीले क्यास एपको सर्भर पहुँच दिएर ईसेवा, कनेक्ट आईपीएस र सोही खाताहरूमा लिंक भएका १९ वटा विभिन्न बैंक खाताहरू मार्फत अवैध तरिकाले ५ करोड बराबरको आर्थिक कारोबार गरेको प्रहरीले जनाएको छ ।