एजेन्सी । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ ।
निर्वाचनलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणहरुले मध्य वामपन्थी झुकावको लेबर पार्टीको भारी बहुमत आउने देखाएको हो । यसको मतलब लेबर पार्टीका नेता केयर स्टार्मर अब बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन् ।
लेबरले ४ सय १० सिट जित्ने अपेक्षा गरिएको छ भने अहिलेको सत्तारुढ कन्जरभेटिभ पार्टी १ सय ३१ सिटमा खुम्चिनेछ । आफ्नो जित निश्चित देखेपछि सामाजिक संजालमा प्रतिक्रिया दिंदै स्टार्मरले पविर्तनको पक्षमा भोट जाहेर गर्ने मतदाताहरुलाई धन्यवाद दिनुभएको छ ।
केही प्रभावशाली नेताहरुले निर्वाचन परिणामलाई पार्टीमाथिको नरसंहारको रुपमा समेत टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्