काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुनेगरी कानून निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि राखेका जिज्ञासाको जवाफ दिने क्रममा वनमन्त्री साहले सो कुरा बताउनुभएको हो ।
वनमन्त्री साहले मुलुकमा रोजगारीको समस्या समाधान गर्न पनि सो कदमले महत्वपूर्ण योगदान पुर्याउने दाबी गर्नुभयो । उहाँले निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्र स्थानीय सरकारको जिम्मा दिनुपर्ने प्रश्ताव पनि गर्नुभयो । स्थानीय जनताको पीडा सम्बोधन गर्न पनि सरकारले सो क्षेत्रको जिम्मा स्थानीय सरकारलाई दिन उचित हुने मन्त्री साहको तर्क थियो ।
वनमन्त्री साहले वन ऐन संशोधनको विषयमा पनि आफूले पहल गरिरहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्