Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाई स्थगित


455
Shares

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाई स्थगित गरिएको छ ।

बिहीबार सिंहदरबारमा संसदीय सुनुवाई समितिको बैठक बसेपनि उजुरीकर्ताहरुको कुरा सुनेसँगै अनिश्चित कालका लागि संसदीय सुनुवाई स्थगित गरिएको हो ।

बैठकबारे जानकारी गराउँदै समितिका ज्येष्ठ सदस्य सभापति पशुपति समशेर जबराले आजको बैठकमा उजुरीकर्ताहरुसँग सोधपुछ भएको र उजुरीकर्ताले आफ्ना धारणा राख्ने काम भएको बताउनुभयो । उहाँले उजुरीकर्ताहरुले राख्नुभएको धारणामा विचार विमर्श गर्न थप समय चाहिने भएकाले अनिश्चितकालका लागि सुनुवाई स्थगित गरेको बताउनुभयो । उहाँले समितिले नाम अनुमोदन मात्रै गर्ने भएपनि अनुमोदनका लागि समेत समय चाहिएकाले समय थप गर्ने निर्णय भएको बताउनुभयो ।

सभापति जबराले उजुरीकर्तासँग छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने आवश्यकता समितिले औंल्याएको बताउनुभयो ।