काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महशुस गरेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले यस्तो बताउनुभएको हो ।
उपसभापति वाग्लेले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको बताउनुभयो । उहाँले पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उल्लेख गनुभयो । उहाँले संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको बताउनुभयो ।
उपसभापति वाग्लेले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने बताउनुभयो । उहाँले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्