
सर्लाही, भदौ २९ । देशभर शुक्रबार राष्ट्रिय बाल दिवस मनाइरहँदा सर्लाहीमा भने अझै २५ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ ।
चरम गरिबीका कारण उनीहरु अहिले पनि विद्यालय बाहिर रहन बाध्य भएका हुन् ।
जिल्लामा ३९ प्रतिशत महिलामात्रै साक्षर छन् भने ६०.३० प्रतिशत पुरुष साक्षर रहेको जिल्ला शिक्षा समन्वय इकाइ सर्लाहीको तथ्यांकमा उल्लेख छ ।
पटक–पटक भर्ना अभियान सन्चालन गर्दासमेत जिल्लामा २५ हजार ५१५ जना उमेर पुगिसकेका बालबालिका विद्यालय बाहिर रहेका हुन् ।
उनीहरु अहिलेपनि बाल मजदुरकारुपमा विभिन्न ग्रील उद्योग, होटल, इँटाभट्टा तथा अरु जोखिमपूर्ण काम गरिरहेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्