Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस


104
Shares

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेपछि हरेक वर्ष जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउन थालिएको हो ।

संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकहरुको व्यवस्था गरिएको छ । लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । तर व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन ।

यस अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गर्नुभएको छ ।