२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस


0
Shares

काठमाडौं । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।

७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा मे २९ को दिनलाई सगरमाथा दिवसको रुपमा मनाईने गरिन्छ ।

यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा ः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरेर सगरमाथा दिवस मनाउँदै छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रूपमै दिवसका रूपमा मनाउन निर्णय गरेको थियो ।

न् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसपछि सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो समय विदेशी र नेपाली पर्वतारोहीको आकर्षण बढ्दै गएको छ । पर्यटन विभागले यो वर्ष वसन्त याममा सगरमाथा आरोहणका निम्ति ४१ आरोही समूहका ७५ महिला र ३ सय ३९ पुरुष गरी ४ सय १४ जनाले अनुमति लिएको जनाएको छ ।