३ असार २०८१, सोमबार | Mon Jun 17 2024


संघीयताको घोर विरोधी प्रचण्ड हुन्ः मुख्यमन्त्री यादव


0
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीयता विरोधी भएको अरोप लगाउनुभएको छ ।

सोमबार आ.व २०८०/०८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरण तथा विभिन्न मन्त्रलायबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा एमाले, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएसँगै मुख्यमन्त्री यादवले सञ्चारकर्मीहरुसँग यस्तो आरोप लगाउनुभएको हो ।

नेकपा एमाले सहितका राजनीतिक दलहरुले वर्तमान सरकार अल्पतमतमा रहेकोले दीर्घकालिन असर पर्ने खालका निर्णयहरु नगर्न/नगराउन ध्यानाकर्षण पत्र पेश गरेका थिए । ध्यानाकर्षण पत्र बुझिसकेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको घोर बिरोधी प्रधानमन्त्री दाहाल भएको आरोप लगाउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला नै संघीयता नचाहेको स्पष्ट पार्नुभएको उल्लेख गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने जिकिर गर्नुभयो ।

मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहँर गर्न मधेस प्रदेशमा पटक पटक विश्वासको मत फिर्ता लिने, कर्मचारीको सरुवा गर्ने लगायतका गतिविधि संघ सरकारले गरेको बताउनुभयो ।