
काठमाडौं । नागरिकता किर्ते गरेको अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सिरोहियालाई शुक्रबार दोस्रो पटक धनुषा जिल्ला अदालतमा पेस गरिएकोमा न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्तहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले बहस गरेका थिए । सिरोहियालाई गत मंगलबार पक्राउ गरी धनुषा लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्