३ असार २०८१, सोमबार | Mon Jun 17 2024


मंगलबारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।

सोमबारको राष्ट्रिय सभा बैठकमा पनि काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएपछि बैठक स्थगित भएको हो ।

काँग्रेसको बिरोधपछि बैठक मंगलवार सवा १ बजेसम्मका लागि स्थगित भएको छ । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाहीह अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरुमाथि औंला ठड्याउने काम भइरहेको बताउनुभयो । उहाँले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गर्नुभयो ।

अध्यक्षको आग्रहपछि पनि काँग्रेसले उठेर बिरोध जनाएपछि बैठक मंगलवारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गर्नुभयो ।