३ असार २०८१, सोमबार | Mon Jun 17 2024


प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिने


2.847k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमबार विश्वासको मत लिनु हुने भएको छ । चौथो पटक विश्वासको मत लिनेबारे उहाँले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराउनु भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नु भएको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

विश्वासको मत लिनका लागि प्रधानमन्त्री दाहालले साना दललाई पनि सरकारमा समेट्ने देखिएको छ ।