 
	    काठमाडौं । काठमाडौंमा सीप मेला आयोजना हुने भएको छ ।
काठमाडांैं महानगरपालिकाले काठमाडौंको टुँडिखेलमा बुधबारबाट सो मेलाको आयोजना गर्ने भएको हो ।
मंगलबार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोडने उद्देश्य रहेको बताउनुभयो । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोडनका लागि सो मेलाको अवधारणा अघि सारिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन् । सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौं महानगरपालिकाले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्