Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


स्याङ्जामा आगो निभाउने क्रममा जलेर मृत्यु


1.5k
Shares

स्याङ्जा । आगो निभाउने क्रममा जलेर स्याङ्जाको बिरुवा गाउँपालिकामा एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिरुवा गाउँपालिका– ७ कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बारीमा कोदोको बिउ राख्नलाई पात–पतिङ्गर जलाउने क्रममा आगो जंगलमा सल्कन गइ उक्त आगो निभाउने क्रममा गुरुङको मृत्युु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर गुरुङका अनुसार आफ्नो बारीमा कोदोको बिउ राख्नलाई पात–पतिङ्गर जलाउने क्रममा आगो जंगलमा सल्कन गई आगो निभाउन खोज्दा जलेर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।