११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु


299
Shares

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता भएका छन् ।

काश्मीरको राजधानी श्रीनगरको बाहिरी भागमा रहेको झेलम नदीमा २० जनाभन्दा बढी बिद्यार्थी बोकेकोे डुंगा दुर्घटना भएको हो । उक्त नदीमा डुंगा तान्न प्रयोग गरिएको डोरी अचानक चुँडिएको थियो ।

दुर्घटनामा परी बाँच्न सफल भएका केही व्यक्तिहरूको उद्धारपछि अस्पतालमा उपचार भइरहेको छ । बेपत्ताहरूको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

पछिल्ला केही दिनदेखि यस क्षेत्रमा भारी वर्षाका कारण जलस्तर निकै बढेकाले पनि डुंगा दुर्घटना भएको अनुमान गरिएको छ ।