काठमाडौं, भदौ २८ । चीनको शान्तोङ प्रान्तमा एउटा चलेको रेस्टुरेन्टमा एकजना गर्भवती महिलाले खाँदै गरेको सुपमा मरेको मुसा फेलापरेपछि सो रेस्टुरेन्टले करिब १९ करोड डलरको घाटा व्यहोरेको छ ।
चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको तस्वीर सामाजिक सन्जालमा फैलिएपछि रेस्टुरेन्टको सेयर मूल्य एक वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको हो ।
रेस्टुरेन्टले ती ग्राहक महिलालाई पाँच हजार युआन क्षतिपूर्ति दिन खाजेको थियो । तर, ती महिलाका पतिले गर्भवती पत्नीको पूरै शारीरिक परीक्षण गरेपछिमात्रै निर्णय गर्न चाहेको बताएका छन् ।
गत सेप्टेम्बर ६ मा उनीहरू सपरिवार सो रेस्टुरेन्ट पुगेका थिए ।
रेस्टुरेन्टले ती महिलाको गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे चिन्ता भए गर्भपतन गराउनसमेत सल्लाह दिएको र त्यसका लागि २० हजार युआन दिन तयार रहेको जनाइएको छ ।
सुपमा मुसा फेलापरेको रेस्टुरेन्टबारे छानबिन हुने त्यहाँका अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्