Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै


13
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री कार्यालयले संघीय संसद् सचिवालयलाई पत्र पठाएर दाहालले प्रतिनिधिसभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराएको हो ।

प्रतिपक्षी दलहरूले बालकुमारी घटना, मिटरब्याजपीडित, दुग्ध किसान लगायतका आन्दोलनबारे सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन् ।

यस विषयमा जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारको नाममा पटक–पटक रुलिङ गर्नुभएको छ । सभामुखको रुलिङपछि प्रधानमन्त्री दाहालले आज सांसदले उठाएको प्रश्नको जवाफ दिन लाग्नुभएको हो ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा भने प्रधानमन्त्रीको संबोधन समावेश गरिएको छैन ।