१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


ईपीजी प्रतिवेदन सहमतिमा नबुझेमा नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछ : प्रधानमन्त्री दाहाल


650
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल-भारत प्रवुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन संयुक्त रुपमा नबुझे नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाल-भारत प्रवुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन सहमतिमै बुझ्नेगरी आन्तरिक गृहकार्य चलिरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले दुवै देशको सहमतीमा प्रतिवेदन बुझ्ने अवस्था नभए नेपालले आफ्नो निर्णय गर्ने बताउनुभयो । त्यस्तै, प्रधानमन्त्री दाहालले गोर्खा भर्तीको समस्या समाधानका लागि ब्रिटिश सरकारसँग कुराकानी भइरहेको बताउनुभयो । उहाँले समस्या समाधानको अन्तिम चरणमा रहेको पनि बताउनुभयो ।

गोर्खा भर्तीको समस्यालाई छिटो समाधान गर्नका लागि नेपाल सरकारले ब्रिटिश सरकारलाई आग्रह गरेको उहाँले बताउनुभयो ।