
काठमाडौं । नेपाल ए टिम र क्यानडा ११ बीच आज दोस्रो एकदिवसीय अभ्यास खेल हुँदैछ ।
खेल आज बिहान सवा ९ बजेबाट मुलुपानी क्रिकेट मैदानमा हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।
आज नेपालले पहिलो खेलमा खेल्न नपाएका खेलाडीलाई मौका दिनसक्नेछ । पहिलो खेलमा तिब्र गतिका बलर हेमन्त धामी र रिजन ढकाल, स्पिनर शेर मल्लले आजको खेलमा मौका पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्