Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


स्याङ्जाको चापाकोटमा निःशुल्क स्वास्थ्य बीमा


312
Shares

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको चापाकोटका नगर प्रमुख देबबहादुर खाँणले बताउनुभयो ।

यो कार्यक्रम नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा लागू गरिने भन्दै उहाँले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका अभिभावक तथा विद्यार्थीका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने बताउनुभयो

विशेषगरी विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्राथमिकतामा राख्ने पनि चापाकोट नगरपालिकाले जनाएको छ ।