३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


लक्ष्यभन्दा बढी राजस्व असुली


0
Shares

रसुवा, असार ५ । रसुवागढी भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष पूरा हुनुभन्दा एक महिनापहिले नै लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ ।

रसुवागढी भन्सार कार्यालयका प्रम्ुख गोपाल कोइरालाकाअनुसार ३ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ३ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन भइसकेको हो ।

रसुवागढी भन्सार कार्यालय टिमुरेले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार, अन्तःशुल्क भ्याटलगायतका शुल्कबाट भन्सार असुली गर्दै आएको छ ।