सिन्धुली, भदौ २७ । वर्षाका कारण पहिरो गएर एक महिनादेखि अबरुद्ध भएका सिन्धुलीका ग्रामिण सडक सञ्चालनमा नआउँदा सर्वसाधारणलाई समस्या भएको छ ।
लगातारको वर्षाका कारण सडक सञ्चालन नहुँदा यात्रुहरु पैदल यात्रा गर्न बाध्य हुँदै आएका छन् । ग्रामिण क्षेत्रका किसानले उत्पादन गरेका तरकारी, फलफूल र मासुजन्य पदार्थ बजारसम्म ढुवानी हुन सकेको छैन ।
सडक डिभिजन कार्यालय सिन्धुलीले बिग्रिएका सडक मर्मतको काम भइरहे पनि वर्षा नरोकिँदा समस्या भएको जनाएको छ । सिन्धुलीको महाभारत र चुरे भावर आसपासका क्षेत्रमा अत्याधिक वर्षा हुँदा अधिकांश ग्रामिण सडक नराम्ररी बिग्रिएका छन् ।
सदरमुकाम सिन्धुलीमाडीबाट चकमके, मरिण, कमलाखोच, मझुवा, तीनकन्यालगायत आधा दर्जन ग्रामिण क्षेत्रका सडक एक महिना यता अबरुद्ध हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्