Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


एमालेको संकल्प यात्रा आज अन्तिम दिन चिवाभञ्ज्याङमा


156
Shares

काठमाडौं । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज अन्तिम दिन पाँचथरको चिवाभञ्ज्याङ पुग्दैछ ।

एमालेले १८ दिनअघि मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट शुरु गरेको संकल्प यात्राको टोली आज अन्तिम बिन्दु चिवाभञ्ज्याङ पुग्ने भएको हो ।

यात्रा टोली शनिबार फिदिममा बास बसेको थियो । टोली आज चिवाभञ्ज्याङको कार्यक्रमहरु सकेपछि पुनः फिदिममा नै बास बस्ने जनाइएको छ ।

चिवाभञ्ज्याङमा आज अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारत सिमामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

यात्रा टोली मध्यपहाडी राजमार्गमा पर्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पश्चिम रुकुम, पूर्वी रुकुम, बागलुङ, पर्वत, कास्की, लमजुङ, धादिङ, नुवाकोट हुदै काभ्रेपलान्चोक, सिन्धुपाल्चोकका साथै रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा हुँदै तेह्रथुमबाट पाँचथर पुगेको हो ।

यस क्रममा मध्यपहाडी राजमार्गमा नपर्ने चार जिल्लाहरु गुल्मी, सुर्खेत, सल्यान र दोलखामा पनि एमालेको टोलीले जनतासँग प्रत्यक्ष संवाद गरेको छ । संकल्प यात्रा टोली सोमबार बिहान काठमाडौं फर्किने जनाइएको छ ।

Skip This