२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


बज्रशील महाविहार इकुबहाःमा सामुहिक बेल बिवाह


416
Shares

काठमाडौं । काठमाडौंको बज्रशील महाविहार, इकुबहाःमा बालिकाहरुको सामुहिक रुपमा (बेल बिवाह) इही सुरु भएको छ ।

महिला दिदी बहिनी समूहको आयोजनामा नेवार परम्परा अनुसार इही गरिएको हो ।

नेवारी परम्परा अनुुसार धार्मिक रुपमा इहीमा बेलसँग विवाह गर्ने प्रचलन रहेको छ ।

इही बैदिक र बौद्ध धर्मका अनुयायीहरुले आआफ्नै विधि र परम्परा अनुसार गर्ने गर्दछन् । इही गर्दा बालिकालाई दुलही झैं सिङ्गारेर यज्ञमा राखिन्छ ।

शनिबार बेलसँग विवाह सम्पन्न गरेर घरको मूलीले बालिकाको हातमा बेल सुम्पिएर कन्यादान गर्ने परम्परा रहेको छ । यही कारण महिलाले श्रीमान् बिते पनि रङ विहीन भएर जीवन जिउनु नपर्ने प्रचलन नेवार समुदायमा रहेको छ ।