१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


२०८४ साल अगाडि राजसंस्था स्थापना हुन्छ : अध्यक्ष थापा


364
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था पुस्थपना हुने दाबी गर्नुभएको छ ।

शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रमा थापाले पुस्थापना हुने राजतन्त्र निरंकुश नभई समभावसहितको सनातनी हुने बताउनुभयो ।

नेपालमा राजसंस्था पुस्थापना भएमा विश्वको भू–राजनीतिमा नेपालको स्वतन्त्र अस्तित्व रहने, अहिलेको लूटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने र राजसंस्था जनाताले चुनेको संसदअन्तर्गत रहने हुनाले राष्ट्रको अभिभावकको रूपमा रहने उहाँको भनाइ थियो ।

अध्यक्ष थापाले संघीय गणतान्त्रिक व्यवस्था व्यवहारतः असफल भइसकेको जिकीर पनि गर्नुभयो ।