२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


एसिसी यू-१९ एसिया कपमा पाकिस्तानसँग नेपालको हार


2.769k
Shares

काठमाडौं । एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग ७ विकेटको हारेको छ ।

शुक्रबार युएईको दुबईमा भएको खेलमा पाकिस्तानसँग नेपालले ७ विकेटको हारेको हो ।

नेपालले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा अजनान अवाईसले ५६ रन बनाए । यस्तै, कप्तान साद बाइगले ५६ बलमा पाँच चौकासहित ५० रन थपे । २३–२ को अवस्थाबाट यी दुईले तेस्रो विकेटलाई १०८ रनको साझेदारी गर्दै पाकिस्तानलाई सहज जितउन्मुख गराएका थिए ।