१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


नेपाल सुपर लिग फुटबलमा वीरगञ्ज युनाइटेड र झापा एफ.सी भिड्दै


195
Shares

काठकाडौं । नेपाल सुपर लिग (एन.एस.एल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र झापा एफ.सी भिड्नेछन् । खेल साँझ पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

तालिकाको पुछारमा रहेको वीरगञ्जको तीन खेलबाट एक अंक मात्रै छ भने दुई अंक जोडेको झापा आठौं स्थानमा छ । आजको खेल दुबै टोलीका लागि तालिकामा वरियता सुधार्ने मौकाको रुपमा हेरिएको छ ।

एन.एस.एल फुटबलमा बिहीबार भएको खेलमा चितवन एफसी र बुटवल लुम्बिनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीसँगै चितवनले चार खेलबाट पाँच अंक जाडेको छ भने लुम्बिनीको चार अंक भएको छ ।

नौ टोली सहभागी लिगमा चार खेलबाट आठ अंक जोडेको पोखरा थन्डर्स शीर्ष स्थानमा रहँदा तीन खेलबाट सात अंक जोडेको धनगढीको दोस्रो तथा ६ अंक जोडे्को ललितपुर तेस्रो स्थानमा छ ।