काठमाडौं, भदौ २६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मंगलबार राजधानीमा स्कुले बालबालिकासित अन्तरक्रिया गरेका छन् ।
अन्तरक्रियामा काठमाडौं उपत्यकाका ३० ओटा विद्यालयका ६० जना विद्यार्थीहरु उपस्थित थिए ।
विद्यार्थीहरुका विभिन्न जिज्ञासाको उत्तर दिनेक्रममा उनले आफ्नो बाल्यकालमा घटेका रोचक प्रसंगहरु पनि बालबालिकालाई सुनाए ।
पूर्वराष्ट्रपतिजस्तो व्यक्तित्वसितको अन्तरक्रियाले बढ्दो उमेरका बालबालिकामा सकारात्मक प्रभाव पार्ने भएकाले यस्तो कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्