काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकाका बौद्धमार्गीहरुको गुँलाधर्म मंगलबार सम्पन्न भएको छ ।
एक महिना लामो यस पर्वको अन्तिम दिन मंगलबार कालो माटोबाट बनाइएका पञ्चबुद्ध र चैत्यहरुको विशेष पूजा गरी नदीमा विसर्जन गरिएको हो ।
यस धर्मकाक्रममा अमिताभ बुद्धलगायतका १०८ ओटा चैत्यहरु कालो माटोबाट बनाइ ब्रत बसी पूजा गर्ने गरिन्छ ।
नेवार समुदायका विशेषगरी मानन्धर तथा शाक्यहरुले गुँलापर्वको अवसरमा पञ्चबुद्ध र चैत्यहरुको पूजा गर्ने गर्दछन् ।
अमिताभ बुद्धको पूजा गरे सुखावती भुवनमा दिवंगत भएकाहरुको बास हुने विश्वास गरिन्छ ।
बनेपा र काठमाडौंमा मानन्धर समुदायले कालो माटोबाट बनाएका चैत्य र बुद्धको मूर्तिलाई नदीमा विसर्जन गरी गुँलाधर्म मनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्