
इलाम । ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आगामी माघ ६ देखि १३ सम्म हुने भएको छ ।
इलाम सदरमुकामको ठुलो टुँडिखेलमा आयोजना हुने प्रतियोगीतामा स्वदेशी र विदेशी गरी ८ वटा टिम सहभागी हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लबका साथै चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी, बाग्मती सहित आठ टिम सहभागी हुने जानकारी आयोजकले दिएका छन् ।
आयोजक रेडहर्स क्लवका सचिव प्रकाश घिमिरेले प्रतियोगितामा सहभागी हुने केही टिमको टुंगो लाग्न बाँकी रहेको बताउनुभयो । गोल्डकपको विजेता टोलीले नगद पाँच लाख र उपविजेताले तीन लाख पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्