६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन


91
Shares

एजेन्सी । बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन गरिने भएको छ ।

स्थानीय मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले टेलिभिजनमा सम्बोधन गदै आगामी जनवरीका लागि १२ औँ संसदीय निर्वाचन घोषणा गर्नुभएको हो ।

उहाँका अनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्ममा उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता यही डिसेम्बर भित्र लिइसक्नु पर्नेछ ।

उम्मेदवारहरूले नोभेम्बर अन्तिमदेखि चुनावी प्रचार सुरु गर्न पाउने बताइएको छ । निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न पनि आग्रह गर्नुभएको छ ।